गृहपृष्ठ नवनिर्वाचित सांसदहरूले लिए शपथ
नवनिर्वाचित सांसदहरूले लिए शपथ
चैत १२, २०८२
काठमाडौ – प्रतिनिधिसभा का नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण कार्यक्रम सिंहदरबार स्थित संसद्को अस्थायी भवनमा सम्पन्न भयो।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराए।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदहरूले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्।
सांसदहरू आ–आफ्नै परम्परागत भेषभूषामा शपथका लागि उपस्थित भएका थिए।
शपथ ग्रहणसँगै अब सांसदहरूले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।








