गृहपृष्ठ भोटेकोशी बाढीले क्षतिग्रस्त पुलकाे मर्मत तथा पुननिर्माण तीव्र: पूर्वधार मन्त्रालय
भोटेकोशी बाढीले क्षतिग्रस्त पुलकाे मर्मत तथा पुननिर्माण तीव्र: पूर्वधार मन्त्रालय
भदौ ३०,२०८३
बुटवल टाइम्स
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मत तथा पुनःनिर्माण कार्य सरकारले तीव्र बनाएको छ।
पूर्वाधार मन्त्रालयका अनुसार क्षतिग्रस्तमध्ये १२ वटा झोलुङ्गे पुलको मर्मत कार्य सुरु भइसकेको छ। धादिङका कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुलको मर्मत भइरहेको छ।
त्यस्तै, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भएको मन्त्रालयले जनाएको छ। यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको छ।
मन्त्रालयका अनुसार बाढीबाट प्रभावित थप ८ वटा झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाइएको छ। मर्मतका लागि आवश्यक डेकलगायत सामग्री खरिद गर्न विभिन्न निर्माण कम्पनीसँग सम्झौता भई पहिलो चरणका सामग्री कार्यस्थलमा आपूर्ति भइसकेका छन् भने दोस्रो चरणका स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढाइएको छ।
मर्मत गर्न नसकिने गरी क्षति भएका ३३ वटा झोलुङ्गे पुलको पुनःनिर्माणका लागि भने भदौ १७ गते नै बोलपत्र आह्वान गरिएको मन्त्रालयले जनाएको छ। पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायत सामग्री खरिदका लागि समेत बोलपत्र आह्वान गरिएको छ।
















