गृहपृष्ठ भैरहवाको सडकमा स्वाद र संगीतको संगम, असोज २४–२५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै

भैरहवाको सडकमा स्वाद र संगीतको संगम, असोज २४–२५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै

oplus_2

असाेज १९,२०८३

कल्पना घिमिरे

भैरहवा – असोज १९ । चेम्बर अफ कमर्स, रुपन्देहीले दशैं–तिहार तथा विश्व पर्यटन दिवसको अवसर पारेर भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। असोज २४ र २५ गते आयोजना हुने महोत्सव भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म साँझ ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ।
विभिन्न समयका आन्दोलन, प्राकृतिक विपद् र कोरोना महामारीका कारण प्रभावित हुँदै आएको रुपन्देहीको व्यवसाय क्षेत्रलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको चेम्बर अफ कमर्स, रुपन्देहीले जनाएको छ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोकाले पछिल्लो समय उद्योगी तथा व्यवसायीले एकपछि अर्को संकटको सामना गर्दै आएको बताउँदै बजार तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो। उहाँले सिद्धार्थनगरलाई पर्यटकको आवतजावत गर्ने स्थानमा मात्र सीमित नराखी बस्ने, खाने, घुम्ने र खर्च गर्ने गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।
महोत्सवका कार्यक्रम संयोजक विनोद खरेलले बजार तथा व्यवसायलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार महोत्सवमा दुर्गेश थापा, प्रिती पासवान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु