गृहपृष्ठ भारत हुँदै तेस्रो मुलुक पठाउन लागिएका ४० जना नेपाली महिलाको उद्धार ।

भारत हुँदै तेस्रो मुलुक पठाउन लागिएका ४० जना नेपाली महिलाको उद्धार ।


काठमाण्डौ, २२ साउन ।

भारत हुँदै तेस्रो मुलुक पठाउन लागिएका ४० जना नेपाली महिलाको उद्धार गरी नेपाल फर्काइिएको छ।

गैरकानुनी रूपमा खाडी मुलुकहरूमा घरेलु श्रमिकका रूपमा पठाउने तयारीमा रहेका ती महिलाहरूलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरी बुधबार नेपाल फिर्ता ल्याइएको हो।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार दलालहरूको प्रलोभनमा+ परी ती महिलाहरूलाई भारतमार्ग हुँदै तेस्रो देश लैजाने तयारी भइरहेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार उद्धार गरिएका अधिकांश महिलालाई घरेलु कामदार बनाइ खाडी मुलुकहरू—जस्तै साउदी अरेबिया, कतार र कुवेत—पठाउने योजना बनाइएको पाइएको छ।

दूतावासका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा विभिन्न ठाउँमा छापा हानी उनीहरूलाई सकुशल उद्धार गरिएको हो। उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काइएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु