गृहपृष्ठ बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त


मङ्गलबार, ०३ भदौ २०८२

काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

यसअघि उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा बनेको छानबिन समितिले ओझा उक्त पदका लागि योग्य नरहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा अर्थ मन्त्रालयले उनलाई पदमुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो।

सरकारले गत १२ फागुनमा ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। तर असार अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले उनको आचरण र कार्यक्षमतामाथि प्रश्न उठाउँदै छानबिन गर्न निर्देशन दिएको थियो।

पदमुक्त निर्णयबारे ओझाले तत्काल कुनै प्रतिक्रिया नदिने बताएका छन्। “अहिलेसम्म आधिकारिक पत्र पाएको छैन, पत्र पाएपछि मात्र बोल्छु,” उनले संक्षिप्त प्रतिक्रिया दिएका छन्।

अब ओझासामु अदालत जाने विकल्प खुलेको छ। तर न्यायिक समितिको प्रतिवेदनका आधारमा उनी पदमुक्त भएकाले प्रक्रियागत रूपमा प्रश्न उठ्ने ठाउँ न्यून देखिन्छ। यसका लागि ओझाले आफ्नो योग्यतालाई कानुनीरूपमा पुष्टि गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु