गृहपृष्ठ दुबै खुशी एकै दिन :छाेराकाे न्वारन र आमाको विजय
दुबै खुशी एकै दिन :छाेराकाे न्वारन र आमाको विजय
२२ फागुन २०८२
बुटवल टाइम्स
काठमाडौं ।रञ्जु दर्शना राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले १५ हजार ४५५ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।
निकटतम प्रतिस्पर्धी प्रबल थापा नेपाली कांग्रेसले ६ हजार ३६४ मत पाए भने रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ३ हजार ९७२ मत प्राप्त गरे।
निर्वाचित भएपछि रञ्जु दर्शनाले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै आफ्नो जितलाई देश र परिवर्तनको पक्षमा भएको विजय बताएकी छन्।
उनले आज आफ्नो छोराको न्वारन कार्यक्रम सकेपछि बानेश्वरस्थित सहकारी विभागमा बिहान साढे ११ बजे समर्थक तथा शुभेच्छुकसँग भेट्ने जानकारी दिएकी छन्।










