गृहपृष्ठ चार नवनियुक्त मन्त्रीले सम्हाले मन्त्रालयको जिम्मेवारी
चार नवनियुक्त मन्त्रीले सम्हाले मन्त्रालयको जिम्मेवारी
आश्विन ६, २०८२
काठमाडौँ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथ लिने मन्त्रीहरूमा महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेल रहेका छन्।
नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी यसप्रकार छः
-
अनिल सिन्हा : कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
-
मदन परियार : कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
-
जगदीश खरेल : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
-
महावीर पुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय










