गृहपृष्ठ काठमाडौं महानगरका विद्यालयमा २० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं महानगरका विद्यालयमा २० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति


आश्विन ६, २०८२

काठमाडौं महानगरपालिकामा यस वर्ष २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । मेयर बालेन्द्र साहका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो ।

महानगरको शिक्षा ऐन, २०७५ अनुसार संस्थागत विद्यालयहरूले छात्रवृत्ति दिनुपर्ने कानुन कार्यान्वयन गर्दा यो उपलब्धि हासिल भएको हो । यो वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३३०२ गरी जम्मा २० हजार २८२ विद्यार्थीले सवा दुई अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति पाएका छन्

साहका अनुसार पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका थिए । यस शैक्षिक सत्रमा अहिलेसम्म ४४० विद्यालयले विवरण बुझाइसकेका छन् भने केही विद्यालयले अझै विवरण नबुझाएको उनले बताए ।

मेयर साहले छात्रवृत्तिको विवरण नबुझाउने विद्यालयलाई शिक्षा ऐनअनुसार अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी दिएका छन् । साथै, विवरणमा फरक पाइएको खण्डमा कानुन बमोजिम कारबाही गर्ने उनले स्पष्ट पारे ।

‘कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ,’ मेयर साहले भने, ‘त्यसैले हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा गम्भीर छौं

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु