गृहपृष्ठ कृष्णभिरमा पहिरोको दीर्घकालीन समाधान खोजिँदै, सुरुङ वा भायोडक्ट बनाउने योजना

कृष्णभिरमा पहिरोको दीर्घकालीन समाधान खोजिँदै, सुरुङ वा भायोडक्ट बनाउने योजना


 

असाेज ५ , २०८३

बुटवल टाइम्स

 काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पटक–पटक हुने पहिरो र सडक अवरोधको दीर्घकालीन समाधानका लागि सरकारले सुरुङ वा भायोडक्ट निर्माण गर्ने विकल्पमा प्राविधिक अध्ययन अघि बढाएको छ ।

सडक विभागका महानिर्देशक डा. विजय जैशीका अनुसार कृष्णभिरको समस्याको दीर्घकालीन समाधानका लागि सुरुङ निर्माण गर्ने वा भायोडक्टमार्फत सडक लैजाने दुई विकल्पमा अध्ययन भइरहेको छ । सोमबार पूर्वाधार विकास समितिको बैठकमा उनले करिब दुई महिनाभित्र प्राविधिक प्रतिवेदन तयार हुने जानकारी दिए ।

‘कृष्णभिरमा लङटर्मका लागि भित्रबाट टनेल खन्ने अथवा अगाडितिर भायोडक्ट बनाएर जोड्ने गरी अध्ययन सुरु भइसकेको छ,’ जैशीले भने, ‘दुई महिनाजतिमा प्राविधिक रिपोर्ट आउँछ । त्यसपछि हामी ठेक्कामा जान्छौं ।’

कृष्णभिरमा पटक–पटक पहिरो जाँदा पृथ्वी राजमार्गको यातायात प्रभावित हुँदै आएको छ । पछिल्लो भदौ १० गतेको बाढीका कारण साविक सडकको केही भाग भत्किएपछि भदौ १४ गते कृष्णभिर खण्डमा थप क्षति पुगेको थियो ।

तत्कालका लागि भत्किएको सडकको माथिल्लो भागबाट ट्र्याक खोलेर सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको छ । दीर्घकालीन जोखिम न्यूनीकरणका लागि विभागले वैकल्पिक सडक निर्माणको कामसमेत अघि बढाएको जनाएको छ ।

जैशीका अनुसार फिस्लिङ र बेनिघाटतर्फ पुल पारिपारि सडक लैजाने वैकल्पिक मार्ग निर्माण सुरु भइसकेको छ । फिस्लिङतर्फ करिब १.५ किलोमिटर भिर काट्ने काम भइरहेको उनले बताए ।

वैकल्पिक सडक निर्माण भएपछि पृथ्वी राजमार्गको मुख्य खण्डमा समस्या आए पनि वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न सकिने विभागको अपेक्षा छ ।

‘साढे एक किलोमिटर फिस्लिङतिर भिर काट्ने काम सुरु भइसकेको छ,’ जैशीले भने,

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु