गृहपृष्ठ कालीगण्डकी प्रभावित क्षेत्रको पुनर्निर्माणबारे मन्त्री लम्साल र सांसदबीच छलफल

कालीगण्डकी प्रभावित क्षेत्रको पुनर्निर्माणबारे मन्त्री लम्साल र सांसदबीच छलफल


असाेज ११,२०८३
बुटवल टाइम्स
कल्पना घिमिरे

काठमाडौ – पूर्वाधार विकासमन्त्री सुनील लम्सालले गुल्मी, बागलुङ, स्याङ्जा, पाल्पा र पर्वत जिल्लाका सांसदहरूसँग कालीगण्डकी नदीका कारण भएको भौतिक क्षति तथा बगाएका बस्तीको पुनर्निर्माणबारे छलफल गर्नु भएको छ ।
आइतबार भएको भेटमा बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनाको पुनर्निर्माणलाई तत्काल अघि बढाउने विषयमा छलफल भएको हो।
छलफलका क्रममा मन्त्री लम्सालले पूर्ण रूपमा क्षति भएका सडकको पुनर्निर्माणका लागि एक साताभित्रै आकस्मिक टेन्डर आह्वान गर्ने जानकारी दिनुभएकाे छ। साथै प्रभावित परिवारको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु