गृहपृष्ठ एक वर्षमा २ खर्ब ७७ अर्बको निर्यात, व्यापार घाटा केही घट्ने आशा

एक वर्षमा २ खर्ब ७७ अर्बको निर्यात, व्यापार घाटा केही घट्ने आशा


६ साउन, काठमाडौं ।
नेपालको विदेशी व्यापार गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय रूपमा बढेको छ । भन्सार विभागका अनुसार अन्य मुलुकहरूसँगको व्यापार अघिल्लो वर्षको तुलनामा १९.२४ प्रतिशतले वृद्धि भएको हो ।

उक्त अवधिमा नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कुल १५ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यससँगै निर्यातमा समेत ऐतिहासिक वृद्धि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालबाट २०८१/८२ मा कुल २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८१.८० प्रतिशतले बढी हो ।

२०८०/८१ मा नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो । निर्यात वृद्धिको यो दर हालसम्मकै उच्च दरमा पर्छ, जसले नेपालको वैदेशिक व्यापार घाटामा केही सहजता आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु