गृहपृष्ठ नार्कको कार्यकारी निर्देशकमा डा. कृष्ण तिमिल्सिना नियुक्त
नार्कको कार्यकारी निर्देशकमा डा. कृष्ण तिमिल्सिना नियुक्त
१२ जेठ, काठमाडौं — नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. कृष्ण तिमिल्सिना नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
यसअघि नार्कको कार्यकारी निर्देशकका रूपमा तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले एक व्यक्तिलाई कायममुकायम रूपमा जिम्मेवारी दिएका थिए। तर, सो नियुक्ति कानुनविपरीत भएको ठहर गर्दै उच्च अदालत पाटनले त्यसलाई बदर गरिदिएको थियो।
त्यसयता रिक्त रहेको कार्यकारी निर्देशकको पदमा सरकारले सोमबार निर्णय गर्दै डा. तिमिल्सिनालाई नियुक्त गरेको हो।






