गृहपृष्ठ शिक्षा मन्त्रीको चर्चामा अन्जान शाक्यको नाम बिनाकारण तानिएको ? स्वयंले गरिन् स्पष्टिकरण

शिक्षा मन्त्रीको चर्चामा अन्जान शाक्यको नाम बिनाकारण तानिएको ? स्वयंले गरिन् स्पष्टिकरण


९ वैशाख, काठमाडौं । एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो बढेको छ। यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यलाई सम्भावित शिक्षा मन्त्रीको रूपमा उल्लेख गरिरहेका छन्।

तर डा. शाक्यले भने आफू तत्काल मन्त्री नबन्ने स्पष्ट पारिन्। “शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन।”

कतिपय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले डा. शाक्यलाई शिक्षा मन्त्री बनाउन चाहेको दाबी गरेका छन्। तर शाक्यले ती दाबीलाई “भ्रामक र कपोलकल्पित” भनेर खारेज गरिन्।

उनले भर्खरै अन्तर-संसदीय संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएकी भएकाले तत्कालका लागि यही जिम्मेवारीमा केन्द्रित रहने बताइन्।

उनले भनिन्, “अहिले मेरो पहिलो कर्तव्य भनेको उक्त संस्थामा भएका प्रतिबद्धता पूरा गरेर नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा अझै उचो पार्नु हो। राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले हाल ऐन तथा कानुन निर्माणमा सक्रिय रहनु मेरो प्राथमिकता हो। त्यसैले अहिले मन्त्री बनेर ती कर्तव्यबाट विमुख हुने कुरा म स्वीकार्दिन।”

साथै उनले केही व्यक्तिहरूले पूर्वाग्रही ढंगले आफूलाई शिक्षा क्षेत्रका समस्यासँग जोड्ने प्रयास गरेको आशंका व्यक्त गरिन्। “गलत स्वार्थका साथ फैलाइएको भ्रमको पछि नलाग्न म सबैमा अनुरोध गर्दछु,” उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु