गृहपृष्ठ नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने विषयमा खनाल र मिश्रीबीच छलफल

नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने विषयमा खनाल र मिश्रीबीच छलफल


कार्तिक १८ २०८३

बुटवल टाइम्स

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले उच्चस्तरीय भेटघाट सुरु गरेका छन् ।

बुधबार बिहान काठमाडौं आइपुगेका मिश्रीले लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका हुन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भेटमा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा विदेश सचिव मिश्री नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु