गृहपृष्ठ पोखराको स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
पोखराको स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
Oplus_16908288
असाेज २३,२०८३
बुटवल टाइम्स
पोखरा । पोखरा–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार यसअघि ३ जनाको मृत्यु भएकोमा थप २ बालिकाको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ। मृतकको पहिचान भने उद्धार कार्य सकिएपछि गरिने प्रहरीले जनाएको छ।
















