गृहपृष्ठ असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै
असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै
असाेज १८,२०८३
बुटवल टाइम्स
कल्पना घिमिरे
बुटवल । चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा “सिद्धार्थ सडक खाना महोत्सव–२०८३” हुने भएको छ। “सडकमा खाऊँ, सडकमै रमाऊँ” भन्ने मूल नारासहित असोज २४ र २५ गते दुई दिन महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवमार्फत रुपन्देहीसहित लुम्बिनी प्रदेशका स्थानीय मौलिक परिकार, कला–संस्कृति, पर्यटन तथा व्यापारिक गतिविधिको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। स्थानीय होटल तथा रेस्टुरेन्ट, पर्यटन व्यवसायी तथा मौलिक खानाका परिकारलाई प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने आयोजकको भनाइ छ।
महोत्सवमा स्थानीय व्यवसायी, उद्योगी, होटल तथा रेस्टुरेन्ट व्यवसायी, पर्यटन व्यवसायी, राष्ट्रिय कलाकार, विभिन्न संघ–संस्था तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी दिन असोज १९ गते सोमबार दिउँसो ३ बजे चेम्बर अफ कमर्स, उदयपुर, रुपन्देहीमा पत्रकार सम्मेलन आयोजना गरिने कार्यक्रम संयोजक विनोद खरेलले जानकारी दिए।

















