गृहपृष्ठ नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, दिउँसो २ बजे उद्घाटन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, दिउँसो २ बजे उद्घाटन


असाेज १८,२०८३
बुटवल टाइम्स

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन हुन लागेको हो।
महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे खुलामञ्चमा हुनेछ। बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार (१९–२० असोज) सञ्चालन हुनेछन्।
कांग्रेसको निर्वाचन कार्यक्रम भने असोज २१ र २२ गते हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता शुक्रबार र शनिबार सम्पन्न भएको छ।
प्रतिनिधि दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको थियो। दर्ता भएका प्रतिनिधिलाई कांग्रेसले पार्टी विधान, डायरी, डटपेन, प्रतिनिधि कार्ड तथा खाना–खाजा र नास्ताका लागि कुपनसहितको झोला उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु