गृहपृष्ठ कांग्रेस महाधिवेशनमा प्रमुख दलका नेताहरूलाई निम्तो, शीर्ष नेताहरू सहभागी हुने
कांग्रेस महाधिवेशनमा प्रमुख दलका नेताहरूलाई निम्तो, शीर्ष नेताहरू सहभागी हुने
असाेज १७,२०८३
बुटवल टाइम्स
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।
असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिन कांग्रेसले विभिन्न राजनीतिक दलका नेतृत्वलाई निम्तो दिएको थियो।
कांग्रेसका अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने निश्चित भएको छ।
त्यस्तै, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका अध्यक्षको तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि उद्घाटन कार्यक्रममा सहभागी हुने तय भएको कांग्रेसले जनाएको छ।

















