गृहपृष्ठ मन्त्री लम्सालसँग बेलायती प्रतिनिधिमण्डलको भेट, भोटेकोशी पुनर्निर्माणमा सहयोगको प्रतिबद्धता
मन्त्री लम्सालसँग बेलायती प्रतिनिधिमण्डलको भेट, भोटेकोशी पुनर्निर्माणमा सहयोगको प्रतिबद्धता
असाेज ५ , २०८३
बुटवल टाइम्स
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्यु नेतृत्वको प्रतिनिधिमण्डलसँग सोमबार मन्त्रालयमा भेटवार्ता गरेका छन्।
भेटमा भोटेकोशी बाढीपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलका क्रममा बेलायत सरकारले बाढीबाट क्षतिग्रस्त गल्छी–रसुवागढी सडकखण्डमा आवश्यक बेलिब्रिज निर्माण तथा पुनर्निर्माण र पुनर्स्थापनाका लागि प्राविधिक एवं आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिएको छ।
त्यस्तै, नेपाल सरकारले अघि बढाएको दिगो वित्तीय व्यवस्थापन, डिजिटल रूपान्तरण तथा विपद् उत्थानशील विकासका क्षेत्रमा समेत बेलायत सरकारबाट महत्वपूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भेटवार्तामा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो।

















