गृहपृष्ठ रसुवा बाढीपछि झोलुङ्गे पुल मर्मत तथा पुनर्निर्माण तीव्र : पुर्वधार मन्त्रालय
रसुवा बाढीपछि झोलुङ्गे पुल मर्मत तथा पुनर्निर्माण तीव्र : पुर्वधार मन्त्रालय
असाेज ५, २०८३
बुटवल टाइम्स
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका अनुसार रसुवा बाढीपछि क्षतिग्रस्त झोलुङ्गे पुल तथा तुइनको मर्मत, पुनर्निर्माण र व्यवस्थापनको काम तीव्र रूपमा अघि बढेको छ।
मन्त्रालयका अनुसार बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी–६ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मत सम्पन्न भएको छ। पुलमा लठ्ठा सिध्याउने, Sag Setting, Hand Rail Cable परिवर्तन तथा नयाँ Steel Deck र Beam जडानको काम सकिएको हो। जाली राख्ने काम सम्पन्न भएपछि दुई दिनभित्र आवतजावत सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ।
बाढीपछि हालसम्म चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ।
त्यस्तै, बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ भने थप सात वटा पुलको मर्मत सुरु भएको छ। आवश्यक स्टिल पार्ट्स खरिदका लागि टेन्डर भइसकेको मन्त्रालयले जनाएको छ।
पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ

















