गृहपृष्ठ रास्वपा सचिवालय बैठकका निर्णय : भोटेकोशी विपत्तिको विषय महासभामा उठाउन आग्रह

रास्वपा सचिवालय बैठकका निर्णय : भोटेकोशी विपत्तिको विषय महासभामा उठाउन आग्रह

Oplus_16908288

असाेज ४ , २०८३
बुटवल टाइम्स

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि डीएनए परीक्षण तथा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिको मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया शीघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।
आइतबार सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले परिवारको सहमतिमा बेपत्ता व्यक्तिको मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याई पीडित परिवारलाई राहत तथा सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको हो।
त्यस्तै, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने प्रधानमन्त्री, परराष्ट्र मन्त्रीलगायतको टोलीलाई भोटेकोशी विपत्तिसँग जोडिएका बहुआयामिक विषय अन्तर्राष्ट्रिय तहमा सम्बोधन हुने गरी तयारी गर्न बैठकले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु