गृहपृष्ठ संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौं : राष्ट्रपति पौडेल
संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौं : राष्ट्रपति पौडेल
असाेज ३,२०८३
बुटवल टाइम्स
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कारले मात्रै लोकतन्त्र बलियो हुने बताएका छन्।
संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानलाई भाषणमा सीमित नराखी सुशासन र उत्कृष्ट सेवा प्रवाहमार्फत नागरिकको जीवनमा उतार्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले संविधान कागजमा लेखिएका शब्दहरूको दस्तावेज मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गरे। उनले संविधान निर्माणका लागि बलिदान दिने सहिद तथा लोकतन्त्रका योद्धाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गरे।
















