गृहपृष्ठ EDLVRS मार्फत लाइसेन्स छपाइ सुरु, ३ हजार ८१ लाइसेन्स वितरणका लागि पठाइयो

EDLVRS मार्फत लाइसेन्स छपाइ सुरु, ३ हजार ८१ लाइसेन्स वितरणका लागि पठाइयो


असाेज ४,२०८३
बुटवल टाइम्स

काठमाडौ । सरकारले EDLVRS (विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली) मार्फत सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ सुरु गरेको छ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।
नयाँ प्रणालीअन्तर्गत नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रिया थप छिटो, सहज र सेवामुखी हुने अपेक्षा गरिएको छ। EDLVRS मा अपलोड भएका सेवाग्राहीका विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्ने र त्यहाँबाट लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु