गृहपृष्ठ युवा व्यवसायी खरेल चेम्बर अफ कमर्स रुपन्देहीको सल्लाहकार नियुक्त
युवा व्यवसायी खरेल चेम्बर अफ कमर्स रुपन्देहीको सल्लाहकार नियुक्त
भदौ ९,२०८३
कल्पना घिमिरे
भैरहवा – भैरहवाका युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय बिनोद खरेल चेम्बर अफ कमर्स रुपन्देहीको सल्लाहकारमा नियुक्त हुनुभएको छ।
व्यवसायिक क्षेत्रमा लगनशील, मिलनसार तथा जिम्मेवार युवाका रूपमा परिचित खरेलले व्यवसायिक गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। युवाको नेतृत्व, उद्यमशीलता प्रवर्द्धन तथा व्यवसायीका साझा सवालमा उहाँले सकारात्मक योगदान दिँदै आउनुभएको छ।
खरेलको अनुभव, सक्रियता तथा समन्वयकारी क्षमताले चेम्बर अफ कमर्स रुपन्देहीको संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका खरेललाई व्यवसायिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
















