गृहपृष्ठ सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, शंकास्पद व्यक्ति पक्राउ
सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, शंकास्पद व्यक्ति पक्राउ
Oplus_16908288
बुटवल टाइम्स
भदौ ७,२०८३
सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
मृत्यु हुनेमा स्थानीय सानिया खातुन रहेकी छन्। परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९ बजेदेखि बेपत्ता भएकी थिइन्।
बालिकाको खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
मधेश प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा एक जना व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














