गृहपृष्ठ रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन
रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन
९ चैत, काठमाडौं ।
रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । उनि पछि थप उपचारका लागि दिल्ली पुगेका थिए चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए ।
पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियाे । चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा भएका उनी नबोलेरै निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।










