गृहपृष्ठ सरकारद्वारा संसद् हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

सरकारद्वारा संसद् हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस


१९ चैत  सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्ने सिफारिस गर्ने निर्णय गरेको हो।​

गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनमा सरकारका पाँच वटा अध्यादेश दुवै सदनबाट पारित भइसकेपछि अधिवेशन अन्त्य गर्ने निर्णय लिइएको हो। अब पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, र बजेट प्रस्तुतिका लागि सरकारले बर्खे अधिवेशन बोलाउने तयारी गरेको छ।​

संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ, भने राष्ट्रिय सभाको बैठक चैत २५ गते सवा १ बजेका लागि तय गरिएको थियो, तर अब बस्न नसक्ने भएको छ।​

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिमस्टेक सम्मेलनमा सहभागी हुन थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु