गृहपृष्ठ ६ जिल्लामा सिडिओ फेरबदल : रूपन्देहीमा विश्व प्रकास अर्याल

६ जिल्लामा सिडिओ फेरबदल : रूपन्देहीमा विश्व प्रकास अर्याल


बैशाख ५ , २०८३

बुटवल टाइम्स

काठमाडौं — गृह मन्त्रालयले ६ सहसचिव र २ उपसचिवको सरुवा गरेको छ। सरुवासँगै देशका ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ।
सरुवा अनुसार ललितपुरमा नरहरि घिमिरे, भक्तपुरमा विनोदकुमार खड्का, दाङमा निश्चलराज पाण्डे, सिन्धुपाल्चोकमा शशीधर घिमिरे तथा रुपन्देहीमा विश्वप्रकाश अर्याललाई सिडिओको जिम्मेवारी दिइएको छ।
यसैगरी, सहसचिव माधवप्रसाद पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा नियुक्त गरिएको छ। उनी यसअघि रुपन्देहीका सिडिओको रूपमा कार्यरत थिए।
त्यस्तै, पश्चिम रुकुम जिल्लाको सिडिओमा उपसचिव निशानराज गौतमलाई खटाइएको गृह मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु