गृहपृष्ठ बालेन्द्र शाहको नेतृत्वमा रास्वपा सरकार, मन्त्री सूची तयारीमा
बालेन्द्र शाहको नेतृत्वमा रास्वपा सरकार, मन्त्री सूची तयारीमा
चैत १०, २०८२
बुटवल टाइम्स
काठमाडौँ — रास्वपाले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी गरेको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछाने र शाहबीच मन्त्री बन्ने नेताहरूको सूची तयार पार्न निरन्तर छलफल चलिरहेको छ । दुवै नेताले छलफलमा आवश्यकताअनुसार अन्य शीर्ष नेता र सम्भावित मन्त्रीलाई बोलाएर कुराकानीसमेत गरिरहेका छन् ।
एक शीर्ष नेताका अनुसार प्रधानमन्त्री शाहसँगै शपथ लिने मन्त्रीको सूचीमा अर्थमन्त्रीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल निश्चित जस्तै छन् । सुनील लम्सालले समेत मन्त्रीको शपथ लिने पक्का भए पनि कुन मन्त्रालय भन्ने टुंगो लागिसकेको छैन । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनेबारे छलफल भइरहेको भएतापनि , शाहनिकट नेताहरूले लम्साललाई गृहमन्त्री बनाउने सम्भावना अधिक नजिक भएको भनेर बताइरहेका छन्, तर यो पूर्णरूपमा पक्का भने छैन।
शाह पक्षका एक नेताका अनुसार मन्त्रिपरिषद्मा कम्तीमा तीन महिला मन्त्री हुनेछन् । ‘१३ जना प्रत्यक्षबाट नै निर्वाचित भएर आउनुभएको छ भने ४८ जना समानुपातिकबाट सांसद बन्नुभएको छ, ३–४ जना महिला मन्त्री बन्ने पक्का छ, कसलाई बनाउने भन्नेबारे परामर्श जारी छ,’ उनले भने ।










