गृहपृष्ठ रूपन्देही १ मा अहिलेसम्मकै रेकर्डलाई ताेड्दै लम्साल विजयी

रूपन्देही १ मा अहिलेसम्मकै रेकर्डलाई ताेड्दै लम्साल विजयी


२४ फागुन २०८२

कल्पना घिमिरे

रुपन्देही–१ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी भएका छन्। निर्वाचन आयोगले परिणाम घोषणा गरेअनुसार लम्सालले आफ्नो निकटतम प्रतिस्पर्धी कांग्रेसका हिराबहादुर खत्री लाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

लम्सालले ५४,८४५ मत प्राप्त गरेका छन् भने खत्रीले ११,९८२ मत पाएका छन्। यसैगरी, राप्रपा का प्रज्जवल बोहरा ८,३०१ मतसहित तेस्रो स्थानमा रहे भने एमालेका दधिराम न्यौपानेले ७,४८८ मत प्राप्त गरेका छन्।

कुल ८२,६१६ मतमध्ये लम्सालले करिब ६६ प्रतिशत मत हासिल गर्दै निर्णायक जीत हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी खत्रीभन्दा मतान्तर करिब ४४ हजार भन्दा बढी रहेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु