गृहपृष्ठ सुन तोलामा ५ हजार ६ रूपैयाँले बढ्यो

सुन तोलामा ५ हजार ६ रूपैयाँले बढ्यो


१० फागुन २०८२

काठमाडौँ — स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ३ सय ७५ रुपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार शुक्रबार सुन तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आज भने सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै, शुक्रबार ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ। बजारमा पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्यवृद्धिको प्रभाव स्थानीय बजारमा समेत देखिएको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु