गृहपृष्ठ भैरहवामा हुने रास्वपाको ‘परिवर्तन उद्घोष कार्यक्रम’ तत्कालका लागि स्थगित
भैरहवामा हुने रास्वपाको ‘परिवर्तन उद्घोष कार्यक्रम’ तत्कालका लागि स्थगित
८ फागुन २०८२
कल्पना घिमिरे
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देहीको भैरहवा मा आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष कार्यक्रम’ तत्कालका लागि स्थगित गरेको जनाएको छ।
फागुन ९ गतेका लागि तय गरिएको उक्त कार्यक्रममा बालेन्द्र शाह प्रमुख वक्ता तथा पार्टी सभापति रवि लामिछाने वरिष्ठ वक्ताका रूपमा सहभागी हुने कार्यक्रम थियो।
पार्टीका संघीय निर्वाचन सम्पादन समिति २०८२ का संयोजक तथा उपसभापति डोल प्रसाद अर्याल द्वारा जारी पत्रअनुसार, आगामी निर्वाचनको तयारी, सांगठनिक प्राथमिकता निर्धारण तथा राजनीतिक व्यवस्थापनजस्ता विषयलाई विशेष प्राथमिकता दिनुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको हो।
रास्वपाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को पूर्वतयारीलाई ध्यानमा राख्दै आन्तरिक संरचना सुदृढीकरणमा केन्द्रित हुनुपर्ने आवश्यकता देखिएकाले यस्तो निर्णय लिएको जनाएको छ। कार्यक्रम स्थगनबाट पर्न गएको असुविधाप्रति पार्टीले क्षमायाचना गर्दै सबैको सहयोग र सहकार्यको अपेक्षा समेत गरेको छ।










