कार्यक्रममा पार्टीका प्रचार–प्रसार संगठन विभागका केन्द्रीय सदस्य गाेपाल घिमिरे , केन्द्रीय महिला विभागकी उपप्रमुख कल्पना पान्डे प्रदेश उपसभापति सालिक राम घिमिरे लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरूले रास्वपाका उम्मेदवारहरू किन मिडिया फेस गर्न नचाहेको भन्ने जिज्ञासा राखेका थिए।सो प्रश्नको जवाफ दिँदै सन्ताेष गिरिले उम्मेदवारहरू जनताको घरदैलोमै पुगेर उनीहरूका समस्या बुझ्न व्यस्त रहेको बताए। उनले यस विषयलाई अन्यथा अर्थ नलगाउन आग्रह गर्दै पार्टी प्रत्यक्ष रूपमा जनतासँग संवादमा केन्द्रित रहेको समेत स्पष्ट पारे।










