गृहपृष्ठ डिजिटल मिडिया अवार्ड २०८१ मा २० भन्दा बढी श्रेणीमा सम्मान

डिजिटल मिडिया अवार्ड २०८१ मा २० भन्दा बढी श्रेणीमा सम्मान


काठमाडौं, १४ चैत। दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ मा पत्रकारिता, सञ्चारकर्म, र समाजसेवामा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, सांसद गणेश पराजुली, आयोजक न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी, र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले अवार्ड वितरण गरेका थिए।

हरिहर विरहीलाई डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड
बुधबार राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा वरिष्ठ पत्रकार हरिहर विरहीलाई डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। नेपाली पत्रकारिताको उत्थान, निष्पक्षता, सत्यतथ्य समाचार प्रकाशन, प्रेस स्वतन्त्रताको रक्षा, र लोकतन्त्रलाई सशक्त बनाउन उनले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ।

न्युज एक्सप्रेस मिडिया प्रालिले पहिलो राष्ट्रिय डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड गत वर्ष ९४ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको थियो।

विभिन्न विधामा सम्मानित व्यक्तित्वहरू
यस वर्ष विभिन्न विधामा डिजिटल मिडिया अवार्डहरू प्रदान गरियो, जसमा प्रमुख विजेताहरू निम्नानुसार छन्—

डिजिटल मिडिया एडिटर अवार्ड – मुकुन्द दाहाल ९प्राइम टाइम टिभी०

वरिष्ठ पत्रकार डिजिटल मिडिया अवार्ड – ठाकुर बेल्वासे

पपुलर डिजिटल मिडिया पर्सन अवार्ड – जगदीश खरेल इमेज टिभी०

पपुलर डिजिटल मिडिया अवार्ड – नेपाल टाइम्स अनलाइन टिभी

जनआवाज डिजिटल मिडिया अवार्ड – टेकनारायण भट्टराई न्युज २४०

खोज पत्रकारिता अवार्ड – ममता थापा अन्नपूर्ण पोस्ट दैनिक०

डिजिटल मिडिया उत्कृष्ट पत्रकारिता अवार्ड – रोहित भण्डारी आजको प्रेस अनलाइन टिभी०

डिजिटल मिडिया प्रस्तोता अवार्ड – रुपा खड्का ९कान्तिपुर टिभी०

त्यस्तै,

डिजिटल मिडिया क्रियाशील पत्रकारिता अवार्ड – सञ्जीव रेग्मी ९हेडलाइन नेपाल अनलाइन टिभी०

उद्यमशीलता प्रवर्द्धन पत्रकारिता अवार्ड – सविना कार्की सेतोपाटी अनलाइन०

डिजिटल मिडिया इथिकल अवार्ड – केशवराज जोशी सेरोफेरो अनलाइन टिभी०

डिजिटल मिडिया कला पत्रकारिता अवार्ड – गोपीकृष्ण चापागाईं

डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड – नवराज कुँवर ९शिलापत्र अनलाइन०

डिजिटल मिडिया कल्याणकारी पत्रकारिता अवार्ड – भोजराज थापा ९मेचीकाली अनलाइन टिभी०

डिजिटल मिडिया क्यामेरापर्सन अवार्ड – नवराज गिरी अनलाइन टिभी नेपाल०

डिजिटल मिडिया युवा प्रोत्साहन अवार्ड – केपी अनमोल

डिजिटल मिडिया प्रवास क्रियाशीलता पत्रकारिता अवार्ड – लक्ष्मण पाठक

विशेष सम्मान र सामाजिक सेवा अवार्ड
कार्यक्रममा—

डिजिटल मिडिया एजुकेटर अवार्ड – कविता शर्मा ९सेफर्ड मिडिया टेक्नोलोजी कलेज०

उत्कृष्ट सञ्चार उद्यमी महिला अवार्ड – एलिजा गौतम ९प्राइम टाइम टिभी०

सामाजिक सेवा अवार्ड – हेमन्ता सुवेदी ढुङ्गेल, उमेश बोहरा, रुद्र ढुङ्गेल, विजय सापकोटा, देवकुमार पाख्रिन, रमेश खड्का लाई प्रदान गरियो।

उपसभामुख इन्दिरा रानामगरको भनाइ
कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर ले समाजका सफल र योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताइन्।

ूमैले बाल्यकालदेखि नै आदर्श पत्रकारका रूपमा चिनेको र धेरै ठाउँमा उदाहरण दिँदै स्मरण गर्ने वरिष्ठ पत्रकार हरिहर विरहीलाई लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न पाउँदा आत्मसन्तुष्टि महसुस गरेकी छु,ू उनले भनिन्।

उनले न्युज एक्सप्रेस मिडिया प्रालि लाई उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गर्दै पत्रकारिताको प्रवर्द्धन गर्ने कार्यको सराहना गरिन्।

कार्यक्रमका आयोजक र मुख्य प्रवर्द्धकहरू
यो कार्यक्रम न्युज एक्सप्रेस मिडिया प्रालि को आयोजनामा सम्पन्न भएको थियो।
मुख्य प्रवर्द्धकका रूपमा सगरमाथा नेपाल, डालिमा मिडिया, र जनवोली टाइम्स को विशेष योगदान रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु