गृहपृष्ठ शहीद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश, ‘अब कुनै आमाको काख रित्तिन नपरोस्’

शहीद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश, ‘अब कुनै आमाको काख रित्तिन नपरोस्’


१६ माघ २०८२

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण देश आज परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।
शहीद दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना व्यक्त गरेकी छन्। उनले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूप्रति नमन गरेकी छन्।
प्रधानमन्त्री कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन अर्पण गर्ने सबै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण प्रत्येक शासकको दायित्व भएको उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु