गृहपृष्ठ नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय


१५ माघ २०८२
काठमाडौं — सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल तथा रासनबापतको दैनिक रकम बढाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बढाइएको रकम फागुन १ देखि लागू हुनेछ।
त्यसैगरी, बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको माघ १८ देखि २१ गतेसम्म हुने जापान भ्रमण स्वीकृत गरेको छ। राष्ट्रपति पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन जापान जान लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु