गृहपृष्ठ डडेल्धुराबाटै अन्तिम पटक चुनाव लड्ने देउवाको तयारी

डडेल्धुराबाटै अन्तिम पटक चुनाव लड्ने देउवाको तयारी


मंसिर २३, २०८२

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो गृह जिल्ला डडेल्धुराबाट नै उम्मेदवार बन्ने संकेत गरेका छन्।

महाराजगञ्जस्थित निवासमा डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग भएको भेटमा देउवाले “अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्ने” इच्छा व्यक्त गरेका हुन्।

कतिपयले देउवा अब चुनाव नलड्ने अनुमान गरिरहेका बेला उनले युवाहरूसँगको भेटमा सहयोग माग्दै पुनः उम्मेदवारीको तयारी रहेको स्पष्ट संकेत दिएका छन्।

देउवा यसअघि २०४८ देखि २०७९ सम्मका सातै संघीय/संसदीय निर्वाचनमा डडेल्धुराबाट विजयी भएका थिए।

हाल देशभर कांग्रेसका क्षेत्रीय समितिहरूले उम्मेदवार सिफारिसको प्रक्रिया चलाइरहेका छन्, र डडेल्धुराबाट देउवाको नाम सिफारिस सूचीमा राख्ने तयारी भइरहेको छ।

देउवाले पुस २६–२८ मा कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने जानकारी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु