गृहपृष्ठ जेनजी आन्दोलन छानबिन : आयोग आजदेखि दुई प्रहरी प्रमुखको बयान लिँदै

जेनजी आन्दोलन छानबिन : आयोग आजदेखि दुई प्रहरी प्रमुखको बयान लिँदै


मंसिर २३, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन तथा भोलिपल्ट देखिएको विध्वंशबारे छानबिन गर्न गठित आयोगले सुरक्षा निकायका शीर्ष अधिकारीहरूको बयान लिन सुरु गर्ने तयारी गरेको छ। आयोगसम्बद्ध स्रोतका अनुसार आयोगले मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिन लागेको हो। त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाइनेछ।

अर्याल जेनजी आन्दोलनको समयमा नै सशस्त्र प्रहरीको नेतृत्वमा थिए। कार्की भने आन्दोलनअघिल्लो दिन प्रत्यक्ष परिचालन भूमिकामा नभए पनि भदौ २४ गते बिहानदेखि काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए। आयोगले कार्कीको बयान तत्कालीन एआईजीको हैसियतमा लिने तयारी गरेको छ।

आयोगले बहालवाला सुरक्षा निकाय नेतृत्वसँग बयान लिने प्रक्रिया अब सुरु गर्न लागेको हो। त्यसपछि तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीलाई पनि बयानका लागि बोलाइने आयोग स्रोतको भनाइ छ।

यसअघि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल र त्यतिबेलाका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बयान दिइसकेका छन्।

म्याद सकिन एक सातामात्र बाँकी हुँदा आयोगले अझै बयान तथा तथ्य संकलन र प्रतिवेदन लेखन पूरा गर्न सकेको छैन। अवस्था हेर्दा आयोगको समयावधि थप्नुपर्ने लगभग निश्चित भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु