गृहपृष्ठ दल दर्तापछि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको काठमाडौंमा पहिलो सार्वजनिक कार्यक्रम

दल दर्तापछि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको काठमाडौंमा पहिलो सार्वजनिक कार्यक्रम


  • मंसिर २२, २०८२

 काठमाडौं ।मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंको सिफल चौरमा आफ्नो पहिलो औपचारिक ‘संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ सम्पन्न गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भएपछि राजधानीमा गरिएको यो पहिलो सार्वजनिक सभा हो।

कार्यक्रममा पार्टी अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहित ठूलो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। साम्पाङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए।

सभामा सहभागीहरूले राष्ट्रिय झण्डा तथा पार्टीको चुनाव चिह्न ‘अँजुलीमा लिएको माटो’ अंकित प्लेकार्ड लिएर सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु