गृहपृष्ठ पूर्वराष्ट्रपति भण्डारी : जेनजी आन्दोलनका घटना रहस्यमयी
पूर्वराष्ट्रपति भण्डारी : जेनजी आन्दोलनका घटना रहस्यमयी
आश्विन ११, २०८२
काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेनजी आन्दोलनका क्रममा देशभर देखिएका तोडफोड र आगजनीलाई “रहस्यमयी घटना” भनेकी छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले वडा कार्यालयदेखि सिंहदरबारसम्मका सरकारी निकाय, संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत व्यवसायिक र निजी सम्पत्ति एकैचोटि खरानी हुनु सामान्य विषय नदेखिएको बताइन्।
भण्डारीले भनिन्, “जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए। तर त्यति ठूलो स्तरमा एकैदिन पूर्वदेखि पश्चिमसम्म सम्पत्ति जल्नु, नेताका घरदेखि सिंहदरबारसम्म खरानी हुनु, के यसरी माग पूरा हुन्छ? यो घटना रहस्यमय देखिन्छ।”
उनले उक्त घटनाको गहिरो समीक्षा गरी शान्ति र स्थिरता कायम गरेर देशलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्नेमा जोड दिइन्।










