गृहपृष्ठ राष्ट्रपतिबाट मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी, दर्ता प्रक्रिया पुनः खुलेको

राष्ट्रपतिबाट मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी, दर्ता प्रक्रिया पुनः खुलेको


आश्विन ८, २०८२

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेका छन्।

फागुन २१ गते हुने भनिएको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै सरकारले जेन–जी (Gen-Z) पुस्ताका नागरिकलाई समेत मताधिकार दिलाउन अध्यादेश ल्याएको हो।

गत असार १६ मा रुपन्देहीमा उपनिर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ता प्रक्रिया रोकिएको थियो। अध्यादेश जारी भएपछि रोकिएको दर्ता प्रक्रिया अब पुनः खुलेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार अध्यादेशअनुसार अब तोकिएको मिति भित्र नयाँ मतदाता नामावली दर्ता गरिनेछ। यसले आगामी निर्वाचनमा नयाँ पुस्ताका मतदाताको समेत सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु