गृहपृष्ठ कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं, साउन १९।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको आज बिहान सम्पन्न बैठकले परीक्षाफल औपचारिकरूपमा सार्वजनिक गरेको हो।
यस वर्ष देशभरका ५ हजार २०२ विद्यालयबाट ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार नियमिततर्फ र १ लाख १५ हजार आंशिकतर्फ सहभागी भएका हुन्।
विद्यार्थीहरूले नतिजा बोर्डको वेबसाइट result.neb.gov.np, neb.gov.np, तथा नेपाल टेलिकमको https://neb.ntc.net.np वेबसाइटमार्फत हेर्न सक्ने बोर्डले जनाएको छ।










