गृहपृष्ठ मधेशमा मन्त्रिपरिषद् पुनर्गठन: जनमतका कुशवाहा र यादव मन्त्री नियुक्त

मधेशमा मन्त्रिपरिषद् पुनर्गठन: जनमतका कुशवाहा र यादव मन्त्री नियुक्त


२०८२ जेठ ८ गते

जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनपश्चात जनमत पार्टीका नवनियुक्त मन्त्री बसन्त कुशवाहा र संजय यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

जनकपुरधामस्थित मधेश भवनको मुख्यमन्त्री निवासमा आयोजित समारोहमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको जिम्मेवारी पाएका कुशवाहा र वन तथा वातावरण मन्त्रालय सम्हाल्ने यादवलाई प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले शपथ गराएकी हुन्।

मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीका मन्त्रीहरूमा हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। यसअघि कुशवाहा र यादवको स्थानमा क्रमशः सकील अलि मिया उद्योग मन्त्री र त्रिभुवन साह वन मन्त्री थिए।

जनमत पार्टीले आन्तरिक प्रक्रिया अनुसार मन्त्री परिवर्तन गरिएको जनाएको छ। शपथग्रहणलगत्तै दुबै मन्त्रीले आ-आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्।

सिरहाबाट प्रत्यक्ष निर्वाचित सांसद संजय यादव यसअघि कृषि राज्यमन्त्री रहेका थिए भने समानुपातिक सांसद बसन्त कुशवाहा कृषि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु