गृहपृष्ठ प्रधानमन्त्रीको पहलमा फागुन २१ को निर्वाचनमा सहभागी हुन प्रमुख दलहरू तयार

प्रधानमन्त्रीको पहलमा फागुन २१ को निर्वाचनमा सहभागी हुन प्रमुख दलहरू तयार


पुस १२, २०८२

काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता जनाएका हुन्।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल चुनावमा सहभागी हुन सहमत भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस रेडी छ, एमाले पनि रेडी छ, अन्य दलहरू पनि तयार छन्। अब सरकारले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्छ।”

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्धारित मितिमै निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु