गृहपृष्ठ भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेप ब्याजदर थप घट्यो

भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेप ब्याजदर थप घट्यो


काठमाडौं, १ भदौ – भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन्। २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ सूचीअनुसार साउनको तुलनामा भदौमा औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेर ५.५७ प्रतिशतमा झरेको छ।

साउन महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत थियो।

कुन बैंकले घटायो, बढायो र स्थिर राख्यो?

  • ब्याजदर घटाउने (८ बैंक) : कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई।

  • स्थिर राख्ने (११ बैंक) : सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैंक।

  • बढाउने (१ बैंक) : प्रभु बैंकले मात्र ब्याजदर बढाएको छ, जसले ४.२५ प्रतिशतबाट ५.३५ प्रतिशत पुर्‍याएको छ।

राष्ट्र बैंकको नीतिगत दबाब

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएपछि बैंकहरूमा ब्याजदर घटाउने दबाब परेको हो। हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत कायम छ।

किन घट्यो ब्याजदर?

असार महिनामा भएको उच्च पूँजीगत खर्चका कारण निक्षेप प्रवाह बढे पनि कर्जा माग भने सुस्त रहँदा बैंकहरूले भदौमा पनि ब्याजदर घटाएका हुन्। व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घट्दा स्वतः बचत तथा कर्जाको ब्याजदर पनि तल जाने प्रवृत्ति देखिन्छ।

बैंक साउनको ब्याजदर भदौको ब्याजदर
कृषि विकास ५.४ ५.२
एभरेस्ट ६.२५ ५.७५
नेपाल ५.४ ५.४
लक्ष्मी सनराइज ५.५
माछापुच्छ्रे
एनआईसी एसिया ६.२५ ६.२५
प्रभु ४.२५ ५.३५
स्टान्डर्ड चार्टड ६.२६ ५.१३
राष्ट्रिय वाणिज्य ५.५ ५.५
नबिल ५.५ ५.५
ग्लोबल आईएमई
सिद्धार्थ ५.७५ ५.५
प्राइम कमर्सियल
कुमारी ५.४१ ५.२१
सानिमा ६.१८ ५.७५
हिमालयन
नेपाल एसबीआई ५.३५ ५.२५
इन्भेस्टमेन्ट मेगा ५.२५ ५.२५
एनएमबी
सिटिजन्स ५.५ ५.५

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु