गृहपृष्ठ असाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई झापाबाट हत्कडीसहित काठमाडौं ल्याइँदै

असाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई झापाबाट हत्कडीसहित काठमाडौं ल्याइँदै


२९ चैत, काठमाडौं। प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाई झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ। काठमाडौं ल्याउने क्रममा उनलाई हत्कडीसहित विमानस्थल पुर्‍याइएको हो। बोर्डिङ पास भइसकेका प्रसाईं र उनका बडीगार्ड दीपक खड्का हाल बुद्ध एयरको विमान चढिसकेका छन्। उनीहरूलाई उक्त फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं असमबाट पक्राउ परेका थिए। त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको हो। विमान चढ्ने क्रममा प्रसाईंले आफूले आफैं पक्राउ परेको बताएका छन्।

उनीलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु