गृहपृष्ठ पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु २४ जना घाइते
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु २४ जना घाइते
११ फागुन २०८२
काठमाडौ – धादिङ जिल्लामा सोमबार राति भएको बस दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नजिक सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। बस करिब १:३० बजे अनियन्त्रित भई त्रिशुली नदी किनारमा खसेको बताइएको छ।
घटनापछि उद्धारका लागि नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा सशस्त्र प्रहरी बल नेपाल परिचालन गरिएको थियो। घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।









