गृहपृष्ठ एमालेबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्ष रास्वपामा प्रवेश
एमालेबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्ष रास्वपामा प्रवेश
भदाै ८ २०८३
कल्पना घिमिरे
रूपन्देही । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
एमालेबाट दोस्रो कार्यकालका लागि विजयनगर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित लक्ष्मीकुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानले भदौ ५ गते रास्वपाको सदस्यता लिएका हुन्।
चौधरी एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ कपिलवस्तुकी जिल्ला उपाध्यक्षसमेत थिइन्। उनले एमाले परित्याग गरी रास्वपा रोजेकी हुन्।
त्यस्तै, वडा नम्बर ५ का अध्यक्ष मुसलमान नेपाल मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशका उपाध्यक्षसमेत हुन्। एमालेबाट निर्वाचित भएर हालसम्म जनप्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालिरहेका मुसलमानले नयाँ राजनीतिक यात्राका लागि रास्वपा प्रवेश गरेको बताएका छन्।
उनीहरू दुवैले जनप्रतिनिधिको जिम्मेवारी भने यथावत् रहने वा नरहने विषयमा थप जानकारी सार्वजनिक गरेका छैनन्।















