गृहपृष्ठ सिंहदरबारबाट राप्रपा शीर्ष नेताहरू पक्राउ : लिङ्देन, तामाङ र शाही जिल्ला प्रहरी परिसरमा
सिंहदरबारबाट राप्रपा शीर्ष नेताहरू पक्राउ : लिङ्देन, तामाङ र शाही जिल्ला प्रहरी परिसरमा
७ वैशाख, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ नेताहरूलाई सिंहदरबारबाट पक्राउ गरी भद्रकालीस्थित काठमाडौं जिल्ला प्रहरी परिसरमा लगिएको छ।
अध्यक्ष लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई पनि प्रहरीले केही समयअघि सिंहदरबार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।
उनीहरू हाल काठमाडौं जिल्ला प्रहरी परिसरमै रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।









