गृहपृष्ठ कांग्रेसको केन्द्रीय समिति २४३ सदस्यीय बनाउने तयारी, सहमहामन्त्री पनि थपिने

कांग्रेसको केन्द्रीय समिति २४३ सदस्यीय बनाउने तयारी, सहमहामन्त्री पनि थपिने


असाेज १९ ,२०८३

बुटवल टाइम्स

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा पदाधिकारीको संख्या र समावेशी प्रतिनिधित्वमा हेरफेर प्रस्ताव गरिएको हो ।

प्रस्तावित संरचनाअनुसार कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति र तीन उपसभापति रहनेछन् । तीन उपसभापतिमध्ये कम्तीमा एकजना महिला अनिवार्य हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै, तीन महामन्त्री रहने र तीमध्ये कम्तीमा एकजना महिला हुनुपर्ने प्रस्ताव गरिएको छ । सहमहामन्त्रीको संख्या भने ११ भन्दा बढी बनाउने प्रस्तावसमेत आएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

क्लस्टर तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न थप महामन्त्रीको व्यवस्था गर्ने विषयमा पनि प्रस्ताव आएको उनले बताए ।

पार्टीको तल्लो तहसम्म नीतिगत निर्णयलाई सहज बनाउने तथा विभिन्न समूह र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले केन्द्रीय समितिको संरचनामा हेरफेर प्रस्ताव गरिएको कांग्रेसले जनाएको छ । प्रस्तावित खाकामाथि थप छलफलपछि अन्तिम संरचना तय गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु